५ कम्पनीको लकइन अवधि सकिँदै


काठमाडौँ । एक महिनाभित्र ५ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ ।

सोलु हाइड्रोपावरले सामुहिक लगानी कोषलाई छुट्याएको ५ लाख कित्ता सेयरमा साउन ११ गते लकइन अवधि सकिँदैछ । त्यस्तै भुजुङ हाइड्रोपावरको सामुहिक लगानी कोषलाई बाँडिएको ५० हजार कित्ता सेयरमा लकइन अवधि साउन २६ गते सकिँदैछ ।

अपर लोहोरेखोलाको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरमा साउन २८ गते लकइन अवधि सकिँदैछ । संस्थापक, स्थानीय तथा कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरमा साउन ३० गते लकइन अवधि सकिने भएको छ । संस्थापक तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिएसँगै सो कम्पनीको ठूलो मात्रामा सेयर संख्या फुकुवा हुने भएको छ ।

होटल फरेस्ट इनको सामुहिक लगानी कोषलाई छुट्याइएको २ लाख कित्ता सेयरमा भदौ ३ गते लकइन अवधि सकिने भएको छ ।लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप सेयर रजिस्टार कम्पनीले सूचना जारी गरेका हुन् ।

सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले सामुहिक लगानी कोषका हकमा ६ महिना, स्थानीय तथा संस्थाकका हकमा ३ वर्षसम्म सेयरमा लकइन रहने गरेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  ०६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।