काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२०.८८ अमेरिकी डलर र चाँदी ५९.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया