काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ७ दशमलव २१ प्रतिशतले धेरै हो ।
आर्थिक वर्ष २०८१/८२ मा ११ लाख २८ हजार जना पर्यटन हवाइ मार्गबाट नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारतबाट सबैभन्दा बढी नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्ड का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् । जुन कुल आगमनको २५।७६ प्रतिशत हो ।
एक वर्षको अवधिमा अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।
यस्तै, बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अष्ट्रेलियाबाट ५३ हजार १९५ पर्यटक नेपाल भित्रिएका छन् ।
यस्तै, श्रीलंकाबाट ४३ हजार २११ जना पर्यटक भित्रिदा भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल भित्रिएका छन् ।
गत आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी कात्तिकमा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका छन् । त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ ।










प्रतिक्रिया