काठमाडौ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आज (बुधबार) पक्राउ गरेको हो ।
कर्जा प्रवाहमा अनियमितता गरेपछि उनी पक्राउ परेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताए । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ ।
नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआईबी स्रोतले जनाएको छ । प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियो ।










प्रतिक्रिया