पर्सामा निषेधाज्ञा जारी


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उनले जानकारी दिएका छन् ।

उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।
पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।