साताभर कस्तो रह्यो सुनचाँदीको कारोबार ?


काठमाडौँ । यो साता सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएकाे उतारचढावले यो साता सुनचाँदीको मूल्यमा गिरावट आएको हाे।

साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्ममा सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा पुगेको थियो ।

सोमबार पनि सुनको मूल्यमा वृद्धि भएको थियो । सोमबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार भने सुनको मूल्यमा गिरावट आएको थियो । मंगलबार सुन तोलामा ४ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, बुधबार पनि सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थिए ।

त्यसैगरी, बिहीबार पनि सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनमा वृद्धि भएको थियो । शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा ५० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार एकैदिन चाँदी तोलामा १३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार  ०९ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।