काठमाडौँ । करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा आएको छ । आन्तरिक राजस्व विभागले शनिबार एक सूचना जारी गर्दै उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको हो ।
विभागका उपमहानिर्देशक एवम् सह(सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्।
क्यूआर मार्फत गरिने कारोबार प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले अहिले बिल प्रविष्ट (इन्ट्री) गर्नु नपर्ने पनि विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत रु। १०० भन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले अहिले बिल दर्ता गराउनुपर्दैन। क्यूआरबाट पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले उक्त नम्बर नै उपहारका लागि योग्य हुनेछ ।
तर, उपहार घोषणापछि सक्कल बिल अनिवार्य हुने भएकाले बिलहरू भने सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ।










प्रतिक्रिया