सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।

सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रूपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ३५० रूपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रूपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५८.३२ अमेरिकी डलर र चाँदी ५७.१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।