सुनको मूल्य घट्दा चाँदीमा वृद्धि


काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा २०० रुपैयाँले घट्दा चाँदी ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रूपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यता, मंगलबार चाँदी प्रतितोला ४ हजार ३८० रूपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६१.५१ अमेरिकी डलर र चाँदी ५८.८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।