इन्धनको शुल्क बढेसँगै महंगियो हवाई भाडा, अब कहाँ जान कति लाग्छ ?


काठमाडौँ । नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीहरुले इन्धन शुल्कवापत हवाई भाडा बढाएका छन् ।

सोमबारदेखि लागू हुने गरी प्रतिलिटर हवाई इन्धनको मूल्यमा २० रुपैयाँले बढाएसँगै भाडा समायोजन गरिएको हो ।

यस्तो शुल्क अनुसार काठमाडौं धनगढी जाने प्लेनको भाडा सबैभन्दा बढी बढेको छ । यो सेक्टरमा इन्धनको शुल्क ८८० रुपैयाँले बढेको हो । यो गन्तव्य काठमाडौँबाट सबैभन्दा टाढाको आन्तरिक हवाई गन्तव्य हो । काठमाडौंबाट नजिक मानिने गन्तव्यमा सिमरामा भने १८३ रुपैयाँ मात्रै बढेको छ ।

यो बाहेक काठमाडौैंबाट हुने उडानमा माउन्टेमा ६८८, भद्रपुर ५६०, विराटनगर ४७८, जनकपुर २५८, भरतपुर २१२, पोखरा ३१४, भैरहवा ४१० रुपैयाँले इन्धन शुल्क बढेको छ । नेपालगन्जमा ६५४ रुपैयाँले बढेको छ । यता, तुम्लिङटारमा ३६८ रुपैयाँले भाडा बढ्दा सुर्खेतमा ६९० रुपैयाँ र राजविराजमा ४०५ रुपैयाँले भाडा बढाइएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।