काठमाडौँ । बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ४ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रूपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा ९५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ४७५ रूपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १६८.३४ अमेरिकी डलर र चाँदी ६१.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया