एकैदिन ८ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । आज एकैदिन सुन तोलामा ८ हजार रुपैयाँले र चाँदी ९५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रूपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ५७० रूपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रूपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २६०.२४ अमेरिकी डलर र चाँदी ६२.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।