काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३९२.९४ अमेरिकी डलर र चाँदी ६५.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।











प्रतिक्रिया