काठमाडौँ । निसान ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ एसयूभी टेकटन सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोमा निसानले टेकटन नेपाली बजारमा सार्वजनिक गरेको हो ।
टेकटन दुई इन्जिन विकल्पमा उपलब्ध हुनेछ । एउटा १.० लिटर टर्बो पेट्रोल इन्जिनसँग ६–स्पिड म्यानुअल गियरबक्स र अर्को १.३ लिटर टर्बो जीडीआई इन्जिनसँग ६–स्पिड डुअल–क्लच ट्रान्समिसन (डीसीटी) उपलब्ध हुनेछ। कम्पनीका अनुसार गाडीले अधिकतम १६३ पीएस शक्ति र २८० न्युटन मिटर टर्क उत्पादन गर्ने क्षमता राख्छ ।
यसमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, प्रिमियम इन्टेरियर, रियर–भ्यु क्यामेरा, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक (डीसीटी भेरियन्ट) लगायतका सुविधा समावेश गरिएकाे छ ।
सुरक्षातर्फ गाडीमा ६ वटा एयरब्याग, उच्च–शक्तियुक्त स्टिल संरचना तथा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा जस्ता चालक–सहायता प्रणाली उपलब्ध रहने कम्पनीको भनाइ छ । एसयूभी टेकटन ५३ लाख ९९ हजार रुपैयाँ देखि ८७ लाख ९९ हजार रुपैयाँसम्म बिक्रीमा राखिएको छ । निसानको टेकटन खरिदमा २ लाख ७० हजारदेखि ४ लाख ४० हजारसम्म छुट दिइएको छ ।
निसानको म्याग्नाइट
आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले म्याग्नाइटको अटोमेटीक भेरियन्ट पनि एक्स्पोमा सार्वजनिक गरेको छ ।
पायोनियर मोटोकर्पले म्याग्नाइटलाई १.० लिटर नेचुरल्ली एस्पीरेटेडड इन्जिन र १.० लिटर टर्बो इन्जिन अप्सनमा उपलब्ध गराएको थियो । अहिले भने यसको अटोमेटीक गियरबक्स भेरियन्ट नेपाल आउने भएको हो ।
म्याग्नाइट सीभीटी गियरबक्स १.० लिटर टर्बो इन्जिनको छ । टर्बो इन्जिन भएको कारण यसको अधिकतम पावर १०० पीएस रहेको छ । म्याग्नाइटको अटोमेटीक भेरियन्टको मूल्य ३५ लाख ७५ हजार रुपैयाँदेखि ४३ लाख ३४ हजार रुपैयाँसम्ममा तोकिएको छ ।






प्रतिक्रिया