बिहीबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौँ । बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ७५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३९६.३४ अमेरिकी डलर र चाँदी ६५.४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।