कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानका उपकुलपति प्रा डा सूर्यमान मेन्याङ्वोले जानकारी दिए ।
कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी (शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक) को छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम इच्छुक योग्य उम्मेदवारबाट दरखास्त माग गरिएको उनले बताए।
उनका अनुसार आज एक सूचना जारी गरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् भदौ ३ गते बेलुका ५ बजेसम्म दरखास्त पेस गर्न अनुरोध गरिएको छ । करिब पाँच महिनादेखि प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिष्ट्रारलगायतका पदाधिकारीहरूको पद रिक्त रहेको छ ।






प्रतिक्रिया