अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?


काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अन्डाको मूल्य बढेको छ ।

आज शुक्रबारदेखि लागु हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ ।

यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६०५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, ठूलो अन्डा प्रतिक्रेट ५७५ बाट ५९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५३५ बाट ५५० रुपैयाँ कायम भएको छ ।

सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ नै यथावत राखिएको छ । जुन फार्म मूल्य हो, उपभोक्ता मूल्य भने २५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ (प्रति गोटा साढे २२ रुपैयाँ) भुक्तानी गर्नुपर्ने छ ।

लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको दाबी छ ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।