बिहीबारका लागि कति तोकियो विदेशी मुद्राको विनिमयदर ?


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४० रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार  ०८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।