सिंगल माल्टपछि, व्हिस्की पारखीहरूको नजर रेयर माल्टतर्फ


काठमाडौँ । रेयर माल्ट केवल एउटा लेबल वा वर्गीकरण होइन, यसले व्हिस्कीको वास्तविक उत्पत्तिको कथा बताएको छ । नयाँ पुस्ताका पेयप्रेमीहरू यही कथाप्रति आकर्षित हुँदै गएका छन्।
स्कच व्हिस्कीका पाँचवटा कानुनी रूपमा परिभाषित श्रेणी रहेका छन् । सिंगल माल्ट, सिंगल ग्रेन, ब्लेन्डेड माल्ट, ब्लेन्डेड ग्रेन र ब्लेन्डेड स्कच, यी सबैका आफ्नै स्पष्ट परिभाषा भएको कम्पनीले जनाएको छ ।

रेयर माल्ट भने यो सूचीमा नपर्ने र कहिल्यै कानुनी श्रेणीका रूपमा नरहेको कम्पनीको दाबी छ ।

विश्वभर मानकीकृत ब्रान्डहरूको विस्तार हुनुअघि परम्परागत व्हिस्कीको केन्द्रमा त्यसको आफ्नै चरित्र रहेको छ । व्हिस्कीप्रेमीहरूको ध्यान रेयर माल्टतर्फ मोडिँदैछ । आफ्नो शिल्पमा दक्ष मास्टरहरूले सावधानीपूर्वक छनोट गरेका माल्टहरूको यस्तो समूह, जसको पहिचान यसको विशिष्ट उत्पत्ति, बलियो चरित्र र दोहोरिन नसक्ने दुर्लभताले गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।