२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही


काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४२, सिसिटिभिमार्फत ४९, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, अवस्था ठिक नभएको १ र अन्यमा २३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।