डिलरमार्फत नै ग्यास खरिद गर्न सङ्घको आग्रह


काठमाडौँ । नेपाल एलपी ग्यास उद्योगले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यकाका विभिन्न १३ स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै सङ्घले अब डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गर्नुभएको छ । नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्राण्डका सिलिण्डर बिक्रीवितरणको व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  ०७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।