काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले प्रभवित भएका ऋणीहरूले ऋण तिर्ने समय पुससम्म लम्बाइएको छ । मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै समयावधी बढाउन सक्ने व्यवस्था गरेको हो ।
केन्द्रिय बैंकले बाणिज्य बैंकहरूलाई निर्देशन दिँदै असोजमा किस्ता नतिर्नेको हकमा पुससम्म तिर्न सक्ने व्यवस्था गर्न भनेको छ ।
‘ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता भुक्तानी गर्ने समयावधी इजाजतप्राप्त संस्थाले पुस मसान्तसम्म थप्न सक्नेछन्,’ निर्देशनमा भनिएको छ ।








