काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
असोज २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गरी गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।








