काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर प्रयोजनार्थसहित चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको लाभांश पारित गरेको हो ।
असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।








