सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

सोमबार प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार पुनः तोलामा २ हजार २०० रुपैयाँ घटेर प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज फेरि तोलामा २ हजार ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा किनबेच हुनेछ । हिजो चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १६५.६५ अमेरिकी डलर र चाँदी ५९.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।