बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सङ्घले आज मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई ४ लाख २८ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेको सङ्घका कार्यवाहक अध्यक्ष देवीराम शर्माले राससलाई जानकारी दिए ।

त्यसक्रममा विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग र सङ्घका पदाधिकारी उपस्थित थिए ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।