विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते


काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट १८ लाख दुई हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ ।

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन गरी सवारी चलाएका २६ जना चालकलाई कारबाही गरेको छ । उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो ।

प्रकाशित मिति: ३ कार्तिक २०८३, मंगलबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।