इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ ।

समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए।

नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहनुभएको र ट्रम्प तत्काल वार्ता जारी राख्न चाहनुभएको प्रतिवेदनमा उल्लेख छ । ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा सहमति भइनसकेको बताउँदै कूटनीतिक समाधानका लागि प्रयास भइरहेको जनाएका छन । उनले अमेरिकाले कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गरेका छन ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।