काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका ३६० कम्पनीका १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयरहरू ४२ हजार ८५४ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँ कायम भएको थियो ।
सोमबार विकास बैंक समूह ३०.९० अंकले बढेको बजारमा अन्य समूह १४.७८ अंक, वाणिज्य बैंक समूह १०.३६ अंकले बढ्दा अन्य सबै उपसुचकमा गिरावट आएको छ ।
मेन्छियाम हाइड्रपावरको सेयर मूल्य १०.५८ प्रतिशतले बढेको बजारमा माउन्टेन हाइड्रोको सेयर मूल्य ५.६२ प्रतिशत, भुगोल हाइड्रोको सेयर मूल्य ५.४९ प्रतिशत, रावा इनर्जीको सेयर मूल्य ३.८३ प्रतिशत र स्यानर्जी पावरको सेयर मूल्य ३.१२ प्रतिशतले बढेको छ ।
यता, भिजन लुम्बिनी ऊर्जाको सेयर मूल्य ८.३३ प्रतिशतले घट्दा सिटिजन सुपर ३० म्याचुअल फण्डको इकाई मूल्य ५.८२ प्रतिशत, स्वस्तिक लघुवित्तको सेयर मूल्य ५.७१ प्रतिशतले र नेपाल वेयरहाउजिङको सेयर मूल्य ५.०३ प्रतिशतले घटेको छ ।
सोमबार कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंक शीर्षस्थानमा रहेको छ । बैंकले ५ लाख ८३ हजार ८०४ कित्ता सेयर १५ करोड ९३ लाख ५२ हजार रुपैयाँमा किनबेच भएका छन् । कारोबार संख्याको आधारमा भने १ हजार १४१ पटकको किनबेच सहित एनआईसी एसिया बैंक शीर्षस्थानमा रहेको छ ।







