नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर नेपालको प्र्रतिशेयर आम्दानी २९७ रुपैयाँमा पुगेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा व्यापार तथा नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानीमा सुधार आएको हो । गत आर्थिक वर्षको चैत्रमा २७४ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २९७ रुपैयाँमा पुगेको हो । चैतसम्ममा कम्पनीको नाफा ८.६१ प्रतिशतले बढेको…