विश्व अर्थतन्त्रलाई नै चुनौति दिने गरी अघि बढेको क्रिप्टो करेन्सी अर्थात् डिजिटल मुद्राको कारोबार नेपालमा प्रतिबन्धित छ । यसको कारोबारमा प्रयोग हुने विदेशी मुद्राको कारणले मात्र गैरकानुनी घोषणा गरिएको देखिन्छ । क्रिप्टो करेन्सी कारोबारीलाई गरिने सजायको सन्दर्भमा पनि विदेशी विनिमयको अपचलन गरेको भनेर कारबाही तथा जरिवाना गर्ने गरिएको छ । क्रिप्टो कारोबार गरेको कसुरमा २०७८…