नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज १.८० प्रतिशतले बढेर २ हजार ५०८.८६ को अङ्कमा कायम भएको हो । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ५० हजार ६८० पटक खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ७१ करोड…