नेपालमा तेस्रो मुलुकबाट आउने खाद्यान्नको आयात पौने ९ अर्ब रुपैयाँले घटेको छ । अवैध रूपमा खाद्यान्न आउने गरेकोले वैधानिक रूपमा चामलको आयात घटेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (२०८०\८१) को ११ महिनामा ४३ अर्ब ८० करोड १९ लाख रुपैयाँ बराबरको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ ।…