जबरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रहरीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले ५० हजार घुस लिएको आरोप लागेको छ ।  अनुसन्धानको सिलसिलामा रहेको र जिल्ला प्रहरी कार्यालयमा परेको सार्वजनिक हितविपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको…