सहकारी ठगि छानबिन संसदीय समितिले दुई दिनभित्र कार्यविधि बनाउने

सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको समितिको पहिलो बैठकले कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई…