भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, जनताप्रति आभारीः प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका साथ सबका विकास’ को भारतको सङ्कल्पको विजय भएको बताएका छन् । लोकसभा चुनावको नतिजापछि नयाँदिल्लीको भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भने, “जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास गरेका छन् ।” उनले सन् १९६२ पछि…