नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि भारतीय पक्षले सन्धि कार्यान्वयनमा आलटाल गर्दै आएको छ । सन्धि कार्यान्वयन हुनुपर्नेमा कूटनीतिक तहदेखि जनस्तरबाट पनि आवाज उठ्दै आएको भए पनि कार्यान्वयनमा ढिलासुस्ती गर्दा महाकाली सिँचाइ तेस्रो चरणको नहरमा घाँस पलाउनाका साथै महाकाली पारि दोधारा चादँनी काम किसान सिँचाइका लागि नहर आउने आशमै बसेका छन् ।…