मंगलबारका लागि यस्तो छ अमेरिकी डलर र सुनको भाउ

0
Shares

नेपाल राष्ट्र बैंकले जेठ ६ गते मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा तोकेको छ।

विश्वमा कोभिड १९ को संक्रमण बढेयता डलरको भाउ उच्च बिन्दुमा रहँदै आएको छ । विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्नुअघि ११५ रुपैयाँ हाराहारीमा रहेको रहेको डलरको भाउ १ डलरमा ६ रुपैयाँ बढीले बढोत्तरी भैसकेको छ।

विश्व अर्थतन्त्र शिथिल बन्दा डलरमा लगानी गर्ने लगानीकर्ताको बढ्दा डलर महङ्गो भएको हो। यस्तै अर्को लगानीको क्षेत्र सुनमा पनि लगानीकर्ताहरुको ध्यान गएको पाइन्छ।

लगानीकर्ताको आकर्षण कै कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार सन् २०१२ अक्टोबर पछि७ वर्षयता कै उच्च बिन्दुमा पुगेकोमा मंगलबार केही घटेर अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँन्स १ हजार ७३१ डलरमा कारोबार भएको छ।

अमेरिका र चीनका बीचको पछिल्लो तनावको अवस्था, गहन विश्वव्यापी मन्दीको बढ्दो चिन्ता, केन्द्रीय बैंकबाट पर्याप्त तरलताको उपलब्धता आदिका कारणले गर्दा सुनको मूल्य बढ्न पुगेको बताइएको छ।

कोरोनाले विश्व शेयर बजार र पेट्रोलियम पदार्थको मूल्यमा भने भारी गिरावट आएको अवस्था छ। त्यसैले लगानीकर्ताले डलर र सुनलाई लगानीको माध्यम बनाएका छन्।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि अवमूल्यन भएको छ। नेपाल र भारतीय मुद्राको स्थीर विनिमयदर रहेकाले भारु कमजोर बन्दा त्यसको सोझो असर नेपाली रुपैयाँ पर्ने गर्दछ।

प्रकाशित मिति: ६ जेठ २०७७, मंगलबार  १३ : ०९ बजे