राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले करीब तीन महिनाको अन्योलतापछि एक कुशल एवम् क्षमतावान् नेतृत्व पाएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव सुशील घिमिरेलाई निगमका कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको थियो । तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघमा…