श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउँदै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ । सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मा, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ…