निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण चिनियाँ ठेकेदार कम्पनीले आवश्यक जनशक्ति जुटाउन नसकी पूर्ण क्षमतामा काम हुन नसकेपछि आगामी डिसेम्बरभित्र सम्पन्न हुन कठिनाइ देखिएको आयोजनाप्रमुख डा. सुनिलकुमार लामाले बताए। चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३…