न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोरोना भाइरस बुलेट ट्रेनु भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्। मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे। संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। न्यूयोर्कमा ३०…