काठमाडौँमा जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ आयोजना हुने

नेपाल व्यवस्थापन संघको आयोजनामा काठमाडौँमा जेठ १८ गते शुक्रबार काठमाडौंको सोल्टी होटलमा ‘सीईओ कन्फरेन्स’ आयोजना हुने भएको छ । उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने आयोजकले जनाएको छ । कोभिड – १९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा…