सरकारले महंगी नियन्त्रणमै रहिरहेको बताइरहेका बेला पछिल्ला दिनमा महंगी बढेको तथ्यांक सार्बजनिक भएको छ । नेपाल राष्ट्रबैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७६/०७७ को दोस्रो महिनाको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति बढेको हो । यो अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ६.१६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यो अवधिमा मुद्रास्फीति ३.८६ प्रतिशत मात्र रहेको थियो…