नेपाल इन्भेष्टमेन्ट बैंकको २७ लाख ९८ हजार ४१९ कित्ता शेयर सूचीकरण भएको छ । बैंकले जेबिल्स फाइनान्स प्राप्ती पश्चात जेबिल्स फाइनान्स तर्फको शेयर स्वाप रेसियो अनुसार मिलान गराई बुधबार नेप्सेमा सूचीकरण गरेको हो। नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००:३३ को अनुपातमा एक्वायर गरेको थियो । बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गरी असार ३० गतेदेखि एकीकृत कारोबार…