जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ । अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हाल्नुभएका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिङ्टनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने, “वार्तामा ठूलो प्रगति भएको छ ।”…