बेलायतीहरूले पछिल्ला केही सातायता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै नागरिकहरूले अत्यावश्यक सामानहरूको भण्डारण गर्न थालेका एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षण अनुसार अक्टोबरमा बेलायत यूरोपेली संघ (इयू) बाट सम्झौताबिहीन अवस्थामा बहिर्गमन गर्ने सम्भावनापछि बेलायतीहरूले खाद्यान्न, औषधी तथा पेय पदार्थको भण्डारण गरेका छन्। बेलायतीहरूले ब्रेक्जिटपछिको अवस्थालाई हेरेर करिब चार अर्ब ८१ करोड अमेरिकी डलर थप रकम खर्चेर…