गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो । आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको हो । नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने त्रिवेणी…