अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (युएसएड) नेपालकी निर्देशक सेपिदे केभान्सादले नेपालले दात्री संस्थाहरुबाट सहयोग लिएतापनि उक्त सहयोगको जिम्मेवारीपूर्ण कार्यान्वयन हुन नसकेको बताएकी छिन् । नेपाल इन्स्टीच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट संस्थाले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सेपिदेले युएसएडका माध्यमबाट नेपाल र अमेरिकाबीचको सम्बन्धबारे प्रस्ट पारेकी हुन् । सन् १९५१ मा अमेरिका र नेपालबीच भएको…