अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे चार करोड रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा एक शाखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । भट्टराईले…